arrow

काठमाडौँ महानगरः बजेट पारित, मन प्रताडित [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
ktm-metro-balen-sunita-saro.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि गत आइबार प्रस्ताव गरेको बजेट बुधबार नगरसभाबाट पारित भएको छ । कामपाका प्रमुख वालेन्द्र साह (बालेन) को अध्यक्षतामा बुधबार बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बठैकले बजेट पारित गरेको हो । 

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलले ल्याउनुपर्ने समयसीमाभन्दा ढिला गरी कामपाले रु २५ अर्ब  ७६ करोड ४३  लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।
 
परित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रु ५१ प्रतिशत रहेको छ भने पूर्वाधारपछि सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ रु १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १२ प्रतिशत  र आर्थिक विकासको लागि ३ प्रतिशत बजेट ल्याइएको छ ।

सुनीतासँग सामान्य हाँसो, गुरागाईँसँग असहज
यसपालिको बजेट ढिला हुनुमा दोषी बालेन नै हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग राखेको तिक्तताका कारण नै बजेटमा ढिलाइ भएको हो । गरागाईँको भ्रष्ट कार्यशैली भ्रष्ट भएको भन्दै उनलाई फिटिक्कै मन परेन । जसका कारण उनले काम गर्न सहज मानेनन् ।

बालेनले गत वर्ष पुसमा काठमाडौँ टावरको प्रक्रिया नपुर्‍याएरै गुरागाईंले नक्सापास गरेको आरोप लगाएका थिए । त्यसपछि चर्केको विवाद अझै कायम छ । 

बजेट ल्याउनैपर्ने बाध्यताका कारण बालेन, उपमेयर सुनीता डंगोल र गुरागाईं दोस्रो पटक एकै ठाउँमा उभिए । 

महानगरको नगरसभाको १७औँ अधिवेशनको पहिलो र दोस्रो बैठकमा तीनैजना एउटै मञ्चमा देखिएका हुन् ।

राष्ट्रिय सभागृहमा मञ्चमा बालेन र सुनिताबीच सामान्य कुराकानी भए पनि दुवैमा हाँसो देखिन्थ्यो । तर बालेन र गुरागाईँबीच आँखा जुधाजुधसमेत भएन । 

बजेट पारित भए पनि मन भने सबैको प्रताडित जस्तै देखिन्छ । मेयर बालेन स्वतन्त्रबाट मेयर भएकाले पनि उनलाई काम गर्न सकस भएको छ । 

kathmandu-metro-nagarsabha-82-3-32 (9).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (8).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (7).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (6).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (5).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (4).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (3).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (2).jpeg
kathmandu-metro-nagarsabha-82-3-32 (1).jpg
kathmandu-metro-nagarsabha-82-3-32 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ