arrow

हत्यारा शाही २९ वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
pakrau9.jpg

पोखरा । एक पुरूषको हत्या गरी फरार रहेको तनहुँ भिमादका फत्तबहादुर शाही २९ वर्षपछि पक्राउ परेका छन् ।

गण्डकी प्रदेश कार्यालय पोखराले विशेष सूचनाका आधारमा बुधबार स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ४ धुर्लीचौरबाट शाहीलाई पक्राउ गरेको हो । 

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरका अनुसार २०५२ साल चैत २२ गते तनहुँको ढोरफिर्दी गाविस वडा नं ८ र भानुमती गाविस वडा नं ७ राइपुरस्थित क्यांदीखोला र वरखोलाको बीचमा लागेको मेलामा एक महिलासँग विवाद हुँदा खुकुरी प्रहार गरी चित्रबहादुर खाँण ठकुरीको हत्या गरेर शाही भागेका थिए । 

उनीविरुद्ध जिल्ला अदालत तनहुँले २०६० माघ २८ गते कर्तव्य ज्यानसम्बन्धी मुद्धामा २० वर्ष कैद सजाय तोकेको थियो । 

पक्राउ परेका शाहीलाई आवश्यक कार्वाहीका लागि तनहुँ प्रहरीमा पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक मगरले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ