नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आबद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
466
Shares
काठमाडौँ। नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ। उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आबद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका हुन्।
कोषको यस योजनामा सङ्गठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ। यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर सङ्घ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्। सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो। लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।