काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलमा नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा पराजित भएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा आइतबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो ।
मध्यान्तरसम्म नेपाल २–० ले पछि परेको नेपालले मध्यान्तरपछि राम्रो पुनारगमन गर्दै २–२ को बराबरी गरेको थियो । तर अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा बंगलादेशले गोल गर्दा महत्वपूर्ण तीन अंक गुमाउन पुग्यो ।
यसअघि नेपालले पहिलो खेलमा सहज प्रतिद्धन्द्धी भुटानलाई ६–१ ले हराएको थियो ।