arrow

साफ यू–२० महिला च्याम्पियनशिपमा नेपाल र बंगलादेश मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
u20-nep-women.jpg

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलमा अहिले नेपाल र बंगलादेश भिडिरहेका छन् । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेलिरहेको हो । 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुरुआती ११ मा मीना देउवालाई मौका दिएका छन् । योसँगै फरवार्ड वर्षा ओली बेन्चमा बस्ने भएकी छिन् ।

टोलीको गोलपोस्ट सुजता तामाङले सम्हाल्नेकी छिन्। गंगा रोकाया, सिम्रन राई, माया मास्के र अनिशा राईले डिफेन्डरको भूमिका सम्हालेका छन् ।

मिडिफल्डरको जिम्मेवारी सुक्रिया मिया, सुशिला केसी, कप्तान बिर्सना चौधरी र सेनु परियारले पाएका छन् ।

पूर्णिमा राई र मीनाले आक्रमण लाइन सम्हालेका छन् । यसअघि भुटानविरुद्ध ६–१ को जित हासिल गर्दा पूर्णिमाले चार गोल गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ