arrow

प्रतिनिधि सभा

'हस्ताक्षर अभियान' ले समाजमा निराशा र अन्योलता थप्यो: एमाले [भिडियो]

'भिजिट भिसा प्रकरण' जस्ता संवैधानिक आयोगमा छानबिन भइरहेका विषय र अदालतमा विचाराधीन मुद्दाहरूको सन्दर्भमा चलाइएको हस्ताक्षर अभियानप्रति आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
uml-mainali.jpg

काठमाडौं। नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले प्रतिपक्षी दलहरूले चलाएको ’हस्ताक्षर अभियान’ ले समाजमा निराशा र अन्योलता थपेको आरोप लगाएका छन्। उनले यो कार्य आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी राजनीतिक स्वार्थका लागि गरिएको बताएका हुन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मैनालीले प्रतिपक्षी दलहरू जनतालाई भ्रममा राखेर आफ्नो मनोकांक्षा पूरा गर्न लागेको आरोप लगाए। उनले विधिको शासन, संविधानको सर्वोच्चता र शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत यसले खिल्ली उडाएको दाबी गरे।

मैनालीले ’भिजिट भिसा प्रकरण’ जस्ता संवैधानिक आयोगमा छानबिन भइरहेका विषय र अदालतमा विचाराधीन मुद्दाहरूको सन्दर्भमा चलाइएको हस्ताक्षर अभियानप्रति आपत्ति जनाए। उनले यस्तो गतिविधिले समाजमा निराशा र अन्योलता सिर्जना गरेको भन्दै सबै गम्भीर हुन आवश्यक रहेको बताए।

सांसद मैनालीले संसदमा आफ्ना कुरा राख्ने र अरूलाई बोल्न नदिने प्रवृत्ति संसदीय मर्यादाविपरीत रहेको टिप्पणी गर्दै मुलुकमा सुशासन र स्थायित्वका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ