अजमेरा फेशन इन्डिया अब नेपालमै : कारखाना दरमा रेटमा सामान पाइने
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
483
Shares
काठमाडौँ । भारतको गुजरातस्थित नं १ टेक्सटाइल कम्पनी अजमेरा फेशन इन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट विधिवत बिक्री सुरु गरेको छ । मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन् ।
नेपालको आधिकारिक कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लामा रहेको छ । यहाँबाट ग्राहकहरूले भारतकै कारखाना दर रेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
भारतमा सन् १९९२ मा स्थापना भएको कम्पनी गुजरातकै नं १ कम्पनी हो । १ लाख भन्दा बढी बिक्रेता भएको यस कम्पनीले ३० भन्दा बढी देशमा आफ्नो ब्यापार विस्तार गरेको जनाएको छ । एक अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ ।
नेपालमा ठूलो संख्यामा ग्राहक रहे पनि विभिन्न रुपमा नेपालमा समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेशनले नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।
नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रालि रहेको छ । यसकी अध्यक्ष सफल तथा प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन् ।
चन्दले प्रिफ्याब प्यानल नेपाल (नेपालको सबैभन्दा ठूलो प्रिफ्याब कम्पनी), ब्लक बुल मल्टिपर्पस (अलकत्रा आयात) र जेबी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेकी छिन् ।
ब्लक बुल गार्मेन्ट ट्रेडिङको माध्यमबाट अब नेपाली बजारमा महिलाहरूका लागि सारी, कुर्ता, लेहङा, साथै पुरुष र बालबालिकाका लागि शर्टिङ, शुटिंग लगायतका सम्पूर्ण कपडा वस्तुहरू उपलब्ध हुनेछन् ।
उक्त सबै सामग्री भारतबाट प्रत्यक्ष उत्पादन स्थलबाटै कुनै पनि चोरी निकासी नगरी राजस्व तिरेर कानूनी रूपमा आयात गरिने कम्पनीको स्पष्ट प्रतिबद्धता छ।
कम्पनीको नेपाल आगमन प्रक्रिया संयोजन पत्रकार महासंघकी सचिव सोनी शर्माले गरेकी हुन् । शर्मा ब्लक बुलकी निर्देशक तथा कम्पनी सदस्य हुन् । समूहको सामाजिक सञ्जाल विस्तारमा शर्माको अनुभवी संलग्नताले यस ब्राण्डलाई नेपालको बजारमा अझ प्रभावकारी उपस्थिति दिलाउने विश्वास लिइएको छ।
त्यस्तै कम्पनीको जनसम्पर्क तथा प्रचारप्रसारलाई अझ सशक्त बनाउनका लागि प्रवक्ता तथा जनसम्पर्क अधिकारीका रूपमा सुपरिचित ब्यक्ति अमरबहादुर चन्द रहेका छन् ।
ग्राहकले भारतकै कारखाना दर रेटमा सामान प्राप्त गर्न सक्नेछन् । जसमा केवल ढुवानी खर्च र भन्सार महसुलमात्र थपिने व्यवस्था गरिएको छ ।
ब्लक बुल गार्मेन्ट ट्रेडिङको यो कदमले नेपालमा गुणस्तरीय कपडाको व्यापारलाई संस्थागत गर्न, चोरी निकासी र अवैध व्यापारलाई निरुत्साहित गर्न, र पारदर्शी व्यापार संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।