काठमाडौँ । नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्तको जन्मजयन्ती आज आइतबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सोही अवसरमा आज भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।