arrow

करेन्ट लागेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
current-hanga.jpg
फाइल तस्बिर

पोखरा । सर्लाही करेन्ट लागेर शनिबार बिहान एक युवकको ज्यान गएको छ । 

मृत्यु हुनेमा विष्णु गाउँपालिका वडा नं ७, दुल्वाटोलका २६ वर्षीय कपलेश्वर राय छन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर राय गम्भीर घाइते भएका थिए । 

रायको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ