arrow

असार २९ गते बजेट ल्याउने काठमाडौँ महानगरको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
ktm-metro-karyapalika-82-3-.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताए । 

असारको २९ गते दिउँसो २ बजे नगरसभा गर्ने गरी बैठक टुंग्याएको उनले जानकारी दिए । स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहे पनि महानगर प्रमुख वालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल र नेपाली कांग्रेसबाट प्रतितिनिधित्व गर्ने वडा अध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको छैन । 

देशकै  ठूलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौँ महानगरको आलोचना हुँदै आएको छ । 

बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ