arrow

युक्रेन युद्ध: ट्रम्पले रुसलाई थप प्रतिबन्ध लगाउने विचार गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
trump-2025-05-22.jpg

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन्।

ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद्को बैठकमा ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर आफू विचार गरिरहेको जानकारी दिएका हुन्। उक्त विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधानका साथै रुसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने कुरा समावेश रहेको जनाइएको छ।

ट्रम्पले मंगलबार अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि घोषणा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ