arrow

जलवायु परिवर्तनले युरोपमा चार डिग्री सेल्सियससम्म तापक्रम बढ्यो, हजारौँको ज्यान जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
england-hot.jpg

काठमाडौँ । युरोपमा हालै जलवायु परिवर्तनका कारण तापक्रम चार डिग्री सेल्सियससम्म बढेको एउटा नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ। यो तीव्र गर्मीले हजारौँ मानिसलाई गम्भीर स्वास्थ्य जोखिममा पारेको छ।

युरोपका पाँच विभिन्न अनुसन्धान संस्थाका वैज्ञानिकहरूले १२ वटा प्रमुख सहरहरूमा गरिएको अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालेका हुन्। उक्त अध्ययनले जुन २३ देखि जुलाई २ सम्मको गर्मी लहरलाई विश्लेषण गरेको थियो।

वैज्ञानिकहरूका अनुसार, यदि जलवायु परिवर्तनको प्रभाव नभएको भए ती सहरहरूको तापक्रम दुई देखि चार डिग्री सेल्सियस कम हुने सम्भावना थियो। पेरिस, लन्डन, रोम र म्याड्रिडजस्ता प्रमुख सहरहरूमा गरिएको यो अध्ययनले करिब ३ करोडभन्दा बढी जनसंख्या बसोबास गर्ने क्षेत्रलाई समेटेको छ।

अत्यधिक गर्मीका कारण विशेष गरी वृद्धवृद्धा, साना बालबालिका, दीर्घरोगी तथा बाहिरी क्षेत्रमा काम गर्ने व्यक्तिहरू बढी प्रभावित भएका छन्। अनुमान अनुसार ती १२ सहरहरूमा उक्त अवधिमा करिब २,३०० जनाको मृत्यु भएको छ। यसमध्ये झन्डै १,५०० जनाको मृत्यु जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक बढेका कारण मात्र भएको हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ।

केही ठाउँहरूमा राति समेत तापक्रम नघट्दा शरीरलाई विश्राम लिन गाह्रो भएको देखिएको थियो। वैज्ञानिकहरूका अनुसार, "तातो मौसमको सामान्यतया बाहिरी प्रभाव कम देखिए पनि यसले धेरै मानिसहरूको ज्यान लिने सम्भावना रहन्छ।" अधिकारीहरूले पूर्ण मृत्युसंख्या सार्वजनिक गर्न केही हप्ता लाग्न सक्ने जनाएका छन्। यस्ता गर्मी लहर अघिल्ला वर्षहरूमा पनि युरोपमा हजारौँ मानिसको मृत्युको कारण बनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ