arrow

वाग्मती र धोबीखोलाको जलस्तर खतराको नजिक, सतर्क रहन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
raning-bagmati.JPG

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले वाग्मती नदीको गौरीघाट र गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ।

मंगलबार राति १२ बजेदेखि परेको अविरल वर्षाका कारण बिहान २ बजे आसपासबाट नदीको जलस्तर खतराको तहमा पुगेको हो।

महाशाखाका इन्जिनियर आशिष भट्टका अनुसार, गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रका बासिन्दाको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको छ।

यसैगरी, रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको बताइएको छ।

राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले विभागले सबैलाई सुरक्षित रहन आह्वान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ