गृह मन्त्रालयले बोलायो सुरक्षा समितिको आकस्मिक बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
552
Shares
काठमाडौँ। वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा पुगेको क्षतिपश्चात् गृहमन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ।
रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनुका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा उद्धार, खोज, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न यो बैठक आह्वान गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। यसैबीच, गृहमन्त्रालयले आज बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको जनाएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको हो।