arrow

भोटेकोशी बाढीमा तीन प्रहरीसहित १८ बेपत्ता, उद्धारका लागि हेलिकप्टर घटनास्थलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
helicoptor-udhhar-trisuli.jpg

रसुवा। नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र छ चिनियाँ नागरिक समेत रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन्।

बाढीमा फसेकामध्ये नौ जनाको सकुशल उद्धार गरिएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताएका छन्। अझै ११ जनाको उद्धार प्रयास जारी रहेको उनले जानकारी दिएका छन्।

यसैबीच, बेपत्ताहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर सक्रिय रहेको प्रजिअ पौडेलले बताएका छन्।

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको छ। बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँठाउँमा क्षतिग्रस्त भई यातायात सेवा अवरुद्ध भएको छ।

यसका साथै, बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुर्‍याएको छ। टिमुरेस्थित भन्सार यार्ड र त्यसभित्र रहेका मालवाहक ट्रकहरूमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ