काठमाडौँ । अग्रज गायक तथा संगीतकार मनोज गुरुङको “फूलको डोलीमा” बोलको गीत सार्वजनिक भएको छ । देवेन्द्र केसीको शब्द /रचना एवम संगीतकार विकास चौधरीले संगीत गरेको सुमधुर यो गीत केही दिनअघि मात्र बजारमा सार्वजनिक भएको थियो ।
यो गीत अहिले चर्चामा रहेको छ । साथै यस गीतको म्युजिक भिडियो चाँडै नै बजारमा ल्याउने तयारी गरिरहेको गायक गुरुङले जानकारी दिए । झन्डै साढे ४ दशकदेखि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर गाउँदै आएका गुरुङले नेपाली गीत संगीतलाई अतुलनीय रुपमा निरन्तर सेवा गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रको यो निरन्तरता भने प्रसंसनीय छ ।
ललितपुरे उनले १७ वर्षको उमेरमै पहिलो गीत 'मेरा रातहरु मलाई जिस्काउँछन्' रेकर्ड गराएका थिए । उनले तीन दर्जन भन्दा बढी गीत गाएका छन् ।
उनले सन्ध्या र रंग गरी दुई ओटा एल्बम ल्याएका छन् ।