arrow

युद्धविराम वार्ता गर्न इजरायली वार्ताकार कतार जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
israel-hamas-25-5-20y.jpg
तस्बिर – फाइल ।

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ह्वाइट हाउस भ्रमणको पूर्वसन्ध्यामा गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार दोहामा पुग्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूले यसअघि नै द्वन्द्वको मुख्य मध्यस्थकर्ता कतारमा एक टोली पठाउने घोषणा गरेका थिए । यद्यपि उनले अमेरिका समर्थित युद्धविराम सम्झौताको मस्यौदामा हमासको प्रतिक्रियामा केही ‘अस्वीकार्य’ मागहरू समावेश भएको बताएका थिए । 

गाजामा युद्धको २२ औं महिना नजिकिदै गर्दा युद्ध अन्त्यका लागि बढ्दो मागको सामना गरिरहेका नेतन्याहूले आगामी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नेछन् । 

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा पट्टीमा रहेका बन्धकहरूलाई फिर्ता गर्न माग गर्दै शनिबार इजरायली प्रदर्शनकारीहरू इजरायलको तटीय केन्द्र तेल अभिभमा भेला भएका छन् । 

बन्दी गाली र जिभ बर्मनकी काकी म्याकाबित मेयरले ‘सबैलाई बचाउने’ सम्झौताको लागि आह्वान गरे । हमासले शुक्रबार वार्तामा ’तत्काल र गम्भीरपूर्वक संलग्न हुन’ तयार रहेको बताइसकेको छ । 

नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ कतारको प्रस्तावमा इजरायलले सहमति जनाएको छ र छलफल गर्न वार्ताकारहरू पठाउँदैछ ।

उनले भने, हमासले कतारको प्रस्तावमा गर्न चाहेको परिवर्तन इजरायलका लागि अस्वीकार्य हुनेछ ।” 

गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली सेनाको कारबाहीमा परी १४ जनाको मृत्यु भएको जनाएको छ ।

गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ एएफपीले नागरिक सुरक्षा एजेन्सीले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न असमर्थ भएको छ ।
 
एएफपीसँग सम्पर्क गर्दा इजरायली सेनाले निश्चित समन्वय बिना कुनै खास आक्रमणबारे टिप्पणी गर्न नसक्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ