arrow

नेपाली सेनाको ‘पृतनापति ट्रफी २०८२’ इटहरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
army-cup.jpg

इटहरी (सुनसरी)।नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि इटहरीमा ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु भएको छ।

यो प्रतियोगितामा नेपाली सेनाका २, १८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइहरूले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दो विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आगामी असार ३० गते समापन हुनेछ।

नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। सेनाको खेलकुद विभागले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरू उत्पादन गर्दै आएको र यो विभाग राष्ट्रिय खेलाडी उत्पादन गर्न मुलुकका निम्ति सहयोगी बनेको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ