arrow

देशभर मनसुनी वायुको प्रभाव : विभिन्न स्थानमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज दिउँसो तथा राति देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात हुनसक्ने महाशाखाले अनुमान गरेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनसुन सक्रिय रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा भू-क्षय र पहिरो जान सक्ने तथा तराईमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ