arrow

भुटानलाई नेपालले दियो तीन सय ५९ रनको चुनौती, रौनकले बनाए एक सय ६८ रन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
u-16-cricket-nep-bhu-25-7-1.jpg

काठमाडौँ । मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ । खेलमा नेपालले भुटानलाई ३५९ रनको चुनौती दिएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए ।  त्यस्तै जोए थापाले ६७ बलमा अविजित रहँदै ६१ रन बनाए । 

श्रीवांश बजगाईंले ५४, सुगम बुढाथोकीले ३५, प्रसिद्द जैसीले ७ तथा परिमार्जन यादवले २ रन बनाए । सन्जय दोर्जीले ३ विकेट लिए । 

यसअघि नेपालले इन्डोनेसिया, सिंगापुर र जापानलाई हराएको थियो । भुटानलाई हराउँदा नेपाल सतप्रतिशत नतिजासहित समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । 

एक खेलअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ