नेपाली महिला टिमको सयौँ खेलमा लाओसमाथि ९-० को जित, आफ्नै कप्तानीमा साम्बाको चार गोल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
1k
Shares
तस्बिर – एनएसजेएफ ।
अपडेटः
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले उज्वेकिस्तानमा जारी एसियन कप छनोटको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ । नेपालले आफ्नो सयौँ खेलमा लाओसमाथि नौ गोल गरेको छ । नेपालले एक गोल पनि खाएन ।
खेलमा नेपालले मध्यान्तरसम्म २-० को अग्रता लिएको थियो भने मध्यान्तरपछि सात गोल गरेको थियो ।
नेपालका लागि ११ औँ कप्तान बनेकी सावित्रा भण्डारी साम्बा एक्लैले चार गोल गरिन् । पहिले पाँच गोल गरेको भने पनि अन्त्यमा अन्तिम गोल भने लाओसका तर्फबाट आत्मघाती भएको निर्णय आएको छ । त्यस्तै अनिता बस्नेत, अनिता केसी, सरू लिम्बू र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन् ।
समूह एफमा रहेको नेपाल र लाओससँगै आयोजक उज्वेकिस्तान र श्रीलंका रहेको छ ।