arrow

नेपाली महिला टिमको सयौँ खेलमा लाओसमाथि ९-० को जित, आफ्नै कप्तानीमा साम्बाको चार गोल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
nepal-fooball-100-games.jpg
तस्बिर – एनएसजेएफ ।

अपडेटः

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले उज्वेकिस्तानमा जारी एसियन कप छनोटको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ । नेपालले आफ्नो सयौँ खेलमा लाओसमाथि नौ गोल गरेको छ । नेपालले एक गोल पनि खाएन । 

खेलमा नेपालले मध्यान्तरसम्म  २-० को अग्रता लिएको थियो भने मध्यान्तरपछि सात गोल गरेको थियो । 

नेपालका लागि ११ औँ कप्तान बनेकी सावित्रा भण्डारी साम्बा एक्लैले चार गोल गरिन् । पहिले पाँच गोल गरेको भने पनि अन्त्यमा अन्तिम गोल भने लाओसका तर्फबाट आत्मघाती भएको निर्णय आएको छ । त्यस्तै अनिता बस्नेत, अनिता केसी, सरू लिम्बू र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन् । 

समूह एफमा रहेको नेपाल र लाओससँगै आयोजक उज्वेकिस्तान र श्रीलंका रहेको छ । 

women-football-100games (17).jpg
women-football-100games (16).jpg
women-football-100games (15).jpg
women-football-100games (14).jpg
women-football-100games (13).jpg
women-football-100games (12).jpg
women-football-100games (11).jpg
women-football-100games (10).jpg
women-football-100games (9).jpg
women-football-100games (8).jpg
women-football-100games (7).jpg
women-football-100games (6).jpg
women-football-100games (5).jpg
women-football-100games (4).jpg
women-football-100games (3).jpg
women-football-100games (2).jpg
women-football-100games (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ