नेपाली महिला टिमको सयौँ खेलः लाओसविरुद्ध मध्यान्तरसम्म नेपाललाई २-० को अग्रता
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
746
Shares
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज अन्तर्राष्ट्रिय सयौँ खेल खेलिरहेको छ । उज्वेकिस्तानमा रहेको नेपाली टोलीले एसियन कप छनोटको पहिलो खेलमा लाओससँग खेलेर सय खेल पूरा गरा गरिरहेको हो ।
खेलमा नेपालले मध्यान्तरसम्म २-० को अग्रता लिएको छ । खेलको १९ औँ मिनेटमा अनिता बस्नेतले गोल गरिन् भने मध्यान्तरको अन्त्यतिर सावित्रा भण्डारी साम्बाले गोल गरिन् ।
सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी हुन् । उनी नेपाली इतिहासकी ११ औँ कप्तान बनिन् ।
समूह ‘एफ’ का खेल आइतबारदेखि मिली स्टेडियममा भइरहेको छ ।