नेपाली महिला फुटबलले पायो पुरानै कप्तान, एन्जिला बेन्चमा
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
1.1k
Shares
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अहिले अन्तर्राष्ट्रिय सयौँ खेल खेल्दैछ । उज्वेकिस्तानमा रहेको नेपाली टोलीले एसियन कप छनोटको पहिलो खेलमा लाओससँग खेलेर सय खेल पूरा गरा गर्न लागेको हो ।
यो महत्वपूर्ण खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पूर्व कप्तान रेनुका नगरकोटीलाई फेरि कप्तानी जिम्मा दिएका छन् । निरन्तर ६ वर्षसम्म कप्तानी सम्हालेकी एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेर वाइल्डले 'बोल्ड' निर्णय गरेका हुन् ।
महिला फुटबल टिमले ११ औँ नयाँ कप्तान पाउन सक्ने अपेक्षा विपरीत प्रशिक्षकले अग्रजका हिसाबले डेढ दशकदेखि राष्ट्रिय टोलीमा रहेकी पूर्व कप्तान रेनुकालाई छानेका हुन् ।
तर प्रशिक्षकको पहिलो ११ को रोजाइमा गनिएका प्रिती राईदेखि रेखा पौडेलसम्म छैनन् ।