arrow

किसानलाई उखुमा दिँदै आएको अनुदान निरन्तरताका लागि कांग्रेस सर्लाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
congress-sarlahi-82-3-14ee.jpg

काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीले उखु किसानलाई दिइँदै आएको अनुदानलाई निःशर्त निरन्तरता दिन माग गरेको छ । कांग्रेस सर्लाहीका नेताहरुले संघीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै उखुको अनुदान कुनै पनि हालतमा कटौती गर्न नहुने माग राखेका हुन् । 

जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको नेतृत्वमा कृषिमन्त्री अधिकारीलाई काठमाडौँमा भेटेर ज्ञापन पत्र बुझाइएको कांग्रेस सर्लाहीले जनाएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा किसानले पाउँदै आएको अनुदान रकम कटौती गरिएकोप्रति कांग्रेस सर्लाहीले आपत्ति जनाउँदै यसबाट किसानको जीवनयापनमै असर पर्ने भन्दै मन्त्री अधिकारीको ध्यानाकर्षणसमेत गराएको छ ।

कृषिमन्त्री अधिकारीसँग विगत वर्षको अनुदान रकम तत्काल किसानको खातामा पठाइदिन र यो वर्षका लागि उखुको समर्थन मुल्य समयमै निर्धारण गरिदिन माग गरिएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए ।

मन्त्री अधिकारीले गत वर्षको अनुदान रकम १ अर्ब ३९ करोडमध्ये एक हप्ताभित्र ८० करोड रकम किसानको खाता पुग्ने र बाँकी रकम पनि जतिसक्दो चाँडो निकासा गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ