arrow

लगनशीलता

logo
कविता गौतम, 
प्रकाशित २०८२ असार १४ शनिबार
kabita-gautam-82-3-14.jpg

निद्राले आँखा थाक्दा पनि
सपना देख्न छोड्दिन म
घाम र पानी सहेर पनि
आफ्नो बाटो मोडिन्न म

पसिना बग्छ, माटो भिज्छ
तर म रित्तिदिन्न कहिल्यै 
काममा छु, कर्ममा म
सपना बुन्छु हरेक पलसँगै 

लाग्छ कहिले थाक्छु होला 
तर आशाले उचाल्छ फेरि
हारको छायामा जित खोज्ने
लगनशील मेरो यो जीवन हेरी

कसैले देख्दैन होला सधैँ
श्रमको गहिरो दुःख
तर म जान्दछु, अन्त्यमा जित्ने
लगनशीलताको नै हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ