arrow

मनसुनी वायुको प्रभाव देशैभर, चार प्रदेशमा धेरै भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
meteorological-forcasting-d.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
 
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ