काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार बेलुकी सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ढिला गरी नतिजा निकालेको हो ।
साँझ ६ बजे नै नतिजा निकाल्ने भनिए पनि करिब डेढ घण्टा ढिला गरी नतिजा सार्वजनिक गरेको हो ।
नतिजा सार्वजनिक भए पनि नतिजा हेर्नका लागि वेबसाइटमा हेर्न समय लागिरहेको छ ।
नतिजा हेर्नका लागि विभिन्न माध्यमको प्रयोग गर्न सकिने यसअघि नै बोर्डले सूचना जारी गरेको थियो ।
बोर्डले एसएमएस र आईभीआरमार्फत पाँच फर्म वा संस्थाको नाम सार्वजनिक गरेको छ भने अनलाइनमार्फत विभिन्न १५ ओटा फर्म वा संस्थामार्फत हेर्न सकिने छ ।
गत चैत ७ देखि १५ गतेसम्म भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ ।