कांग्रेस महाधिवेशन समयमै हुन्छ: सभापति देउवा [भिडियो]
भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा पनि झुटो
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
610
Shares
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन समयमै हुने बताएका छन्। चितवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा हुन नदिने भन्ने कुरा झुटो भएको दाबी गरे।
पछिल्लो समय केही नेता तथा कार्यकर्ताले कांग्रेस महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै विरोध जनाउँदै आएका छन्। सोही प्रसंगमा सञ्चारकर्मीको जिज्ञासामा सभापति देउवाले यस्तो बताएका हुन्।
उनले बजेटमा 'टेक एण्ड पे' को सामान्य कुरा हटेपछि बजेट पास भएको र यसलाई ठूलो रूपमा हेर्न नहुने पनि बताए। सभापति देउवाले भने, "एउटा सानो कुरा थियो। टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो। सानो कुरा हो। ठूलो कुरै होइन। कांग्रेस महाधिवेशन समयमै हुन्छ। कहाँबाट हुनु झुटो कुराहरु हो।"
सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा पनि झुटो रहेको स्पष्ट पारे।