चार संसदीय समितिका बैठक बस्दै: मनसुनजन्य विपद्देखि सर्वोच्चका न्यायाधीशसम्मका विषयमा छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
2k
Shares
काठमाडौं।आज (बिहीबार) एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन्। यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति: बिहान ११:३० बजे बस्ने यस समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि छलफल हुनेछ। यसमा गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका सरोकारवाला निकायहरूसँग छलफल गरिनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: दिउँसो १ बजे बस्ने यस बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
विधायन व्यवस्थापन समिति: बिहान ९ बजे बस्ने यस समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ।
संसदीय सुनुवाइ समिति: बिहान ११ बजे बस्ने यस बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ।