काठमाडौँ । नेपाली राष्ट्रिय यू–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप क्वालिफायरका लागि उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह एचमा रहेको छ।