arrow

६ हजार ७ सय किमिको यात्रासँगै टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
sipradi-curvv-ev-2025-2082.jpg

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौँदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजय राम कासजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ।  विश्व वातावरण दिवस २०८२ -जेठ २३को दिन थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको पुगेर  करिब ६७०० किलोमिटरको यात्रा पछि थापाथलीस्थित टाटा मोटर्स शोरूमबाटै सम्पन्न भएको छ।

आज टाटा कर्भ ईभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग थापाथलीस्थित पीवीबीयू शोरूममा विशेष अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो।  

अवशिष ओझाले भने, “कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो। भारतभरका चार्जिङ स्टेसनहरू, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्‍यौँ। कर्भ ईभीले भारतमा एकै चार्जमा ५०० किलोमिटरभन्दा बढी सम्म दियो र नेपालमा ३७५ किलोमिटरभन्दा बढी रेन्ज दिएको थियो। जुन एकदमै प्रभावशाली रह्यो। टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनु हुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ।”

विजय कासजुले थपे, “यात्रा केवल ड्राइभ मात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो — र हामी उत्साहित छौँ कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्‍यो।”

कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जङ्ग सिजापतिले भने, “हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौँ। यी प्रेरणादायक अटो उत्साहीहरूलाई धेरै–धेरै बधाई छ। कुनै समय काठमाडौँ बाहिर विद्युतीय गाडी लग्न दुई चोटि सोच्नु पर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भने सन्देश यो केटूके ड्राइभले पुष्टि गरेको छ।”

नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी अत्याधुनिक फिचरहरूसहितको इलेक्ट्रिक एसयूवी–कुपे हो। जसमा लेभल–२ एडीएएस, भिटूएल टेक्नोलोजी, प्यानोरामिक सनरुफ, र उन्नत सुरक्षा सुविधा उपलब्ध छन्।

सिप्रदी ट्रेडिङले कर्भ ईभी जस्ता प्रविधिमैत्री उत्पादनहरूमार्फत इलेक्ट्रिक मोबिलिटीको भविष्य निर्माणमा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ