arrow

ट्रम्पले फेरि लेखे– युद्धविराम अबदेखि लागू हुन्छ, अस्वीकारोक्तिबीच इरानले इजरायलमा हान्यो ६ क्षेप्यास्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
israel-iran-war-24a.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक युद्धविरामको बारेमा पोस्ट गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका छन्, ‘युद्धविराम अबदेखि लागू हुन्छ। कृपया यसलाई तोड्नुहुन्न ।’

यसअघि ट्रम्पले आज बिहान ३ः४५० बजे युद्धविरामको घोषणा गरेका थिए । उनले भने कि यो आगामी ६ घण्टामा लागू हुनेछ।

ट्रम्पले युद्धविरामको घोषणा गरेदेखि इरानले इजरायलमाथि ६ पटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार, बेरशेबा शहरको एक भवनमा मिसाइल खस्यो । मेडिकल टोलीले आक्रमणमा ४ जनाको मृत्यु भएको बताएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविरामको रिपोर्टलाई अस्वीकार गरेका थिए । उनले भने, ‘इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता भएको छैन। यदि इजरायलले आक्रमण रोक्यो भने इरानले पनि आक्रमण गर्नेछैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ