arrow

एमालेले सांसदहरूलाई गर्‍यो ह्वीप जारी : अनिवार्य उपस्थिति र विनियोजन विधेयकको पक्षमा मतदान गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
uml-parliamentary-82-2-19.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२ को पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

प्रतिनिधिसभाको आज (मङ्गलबार) बस्ने बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले एमालेले यस्तो निर्देशन दिएको हो।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले एक विज्ञप्ति जारी गर्दै पार्टीका सम्पूर्ण सांसदहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, "नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ।"

यस ह्वीपले एमालेका सबै सांसदहरूले अनिवार्य रूपमा बजेट पारित गर्ने पक्षमा मतदान गर्नुपर्नेछ, जसले सरकारलाई आगामी आर्थिक वर्षका लागि खर्च गर्ने अख्तियारी प्राप्त गर्न सहज हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ