arrow

अर्थ समिति

सुनचाँदी व्यवसायीको संरक्षण र कर प्रणाली चुस्त बनाउन संसदीय समितिको निर्देशन [भिडियो]

व्यवसायीको हित र कर संकलनमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
santosh-chalise.jpg

काठमाडौं। संसदीय समितिले नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गर्दै कर प्रणालीलाई थप चुस्त बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले यो निर्देशन दिएको हो।

समितिका सभापति सन्तोष चालिसेले अन्य देशमा नेपाली बजार प्रभावित नहुने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र यस क्षेत्रलाई पूर्ण रूपमा शुद्धीकरण गर्नुपर्ने बताए। "उद्योगी व्यवसायी बाँकी रहे ट्याक्स उठ्ने र नउठ्ने हुन्छ," उनले भने, "उद्योगी नै बाँकी रहेनन् भने ट्याक्सको कुरा नै नगरे हुन्छ। यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउने।"

सोमबारको समिति बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदनबारे छलफल भएको थियो। यसका साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे पनि आन्तरिक छलफल भएको थियो।

यो निर्देशनले सुनचाँदी क्षेत्रका व्यवसायीहरूको समस्या समाधान र सरकारको राजस्व संकलनमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ