काठमाडाैँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन आइतबार कायम भएकै मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
जसअनुसार छापावाल सुन तोलामा एक१ लाख ९५ हजार दुई रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज असली चाँदीको मूल्य भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार हजार एक सय ७० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ७० रुपैयाँ तथा गत शुक्रबार दुई हजार एक सय ४० रुपैयाँ रहेको थियो ।