arrow

संसदमा जवाफ दिँदै ऊर्जामन्त्री

ऊर्जा 'अक्सिजनसरह': दश वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
deepk-khadka-10.jpg

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनका लागि अक्सिजनसरह बनेको महसुस भइसकेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

मन्त्री खड्काले ऊर्जा अब निर्यात र सदुपयोग मात्रै नभई मानिसहरूका लागि 'अक्सिजन' को रूपमा आवश्यक बनिसकेको बताए। उनले ऊर्जालाई केवल पूर्वाधारको विषय मात्र नभई समृद्ध राष्ट्रको मेरुदण्ड भएकोमा कुनै दुई मत नरहेको स्पष्ट पारे। दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बन्दै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ।

सरकारले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले जानकारी दिए। यसमध्ये आन्तरिक प्रयोगका लागि १३ हजार ५०० मेगावाट र निर्यात प्रयोजनका लागि १५ हजार मेगावाट रहने अध्ययनले देखाएको छ। उनले थप जानकारी दिँदै, १० हजार मेगावाट भारतमा र ४० मेगावाट अहिले बंगलादेशमा निर्यातका लागि सम्झौता भइसकेको बताए। बंगलादेशको माग र नेपालको उत्पादनलाई ध्यानमा राखेर १५ हजार मेगावाट निर्यात गर्न सकिने अनुमानअनुसार काम भइरहेको उनको भनाइ छ।

मन्त्री खड्काले सरकारको यो महत्त्वाकांक्षी लक्ष्य पूरा गर्नका लागि कुल ९८.९ अर्ब डलर को आवश्यकता पर्ने पनि बताए। यसले नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको खाँचो रहेको देखाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ