देशभर मनसुनी वायुको प्रभाव: तीन प्रदेशमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
501
Shares
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज दिउँसो मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाका साथै केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।
मनसुनी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।