arrow

बढ्यो सुन-चाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

महासंघका अनुसार गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको थियो ।

शुक्रबारको तुलनामा आज असली चाँदीको भाउ तोलामा १० रुपैयाँ वृद्धि भएको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ