arrow

सुन र चाँदीको मूल्यमा लगातार गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ। विगत केही दिनदेखि लगातार बढेको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आउन थालेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रति तोला रु ४०० र चाँदी प्रति तोला रु २५ ले घटेको थियो। आज (शुक्रबार) पनि सुन र चाँदीको मूल्यमा थप गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रति तोला रु ८०० र चाँदी प्रति तोला रु ५० ले घटेको छ। यससँगै, आज एक तोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ र सोही परिमाणको चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ।

बिहीबार प्रतितोला सुन १ लाख ९५ हजार ५०० रुपैयाँ र चाँदी २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ