ट्रम्पले इरानमाथि हमला गर्नेबारे आगामी दुई हप्ताभित्र निर्णय लिने
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
1.5k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ताभित्र इरानमाथि सैन्य हमला गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिने भएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएकी हुन्।
लेभिटले राष्ट्रपतिले आफूलाई स्पष्ट सन्देश दिएको भन्दै निकट भविष्यमा इरानसँग वार्ता हुने वा नहुने भन्नेबारे स्पष्टता नरहेको बताइन्। यद्यपि, उनले अमेरिका र इरानबीच पत्राचार जारी रहेको उल्लेख गरिन्।
इजरायलले इरानमाथि आणविक पूर्वाधारलाई लक्षित गरी 'अपरेसन राइजिङ लायन' सुरु गरेपछि दुई देशबीच तनाव बढेको छ। यसको जवाफमा इरानले पनि इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको छ। यस्तो तनावपूर्ण अवस्थामा ट्रम्पको यो निर्णयले मध्यपूर्वको भूराजनीतिमा थप अनिश्चितता बढाएको छ।