काठमाडौँ । अग्रज पत्रकार पद्मभक्त खरेलको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा बिहीबार बिहानै निधन भएको हो ।
पञ्चायतकालदेखि नै निरन्तर पत्रकारिता क्षेत्रमा अग्रसर खरेलले ‘दिव्यचक्षू’ साप्ताहिक प्रकाशन गर्दै आएका थिए ।
सुगरका बिरामी उनी बिहान विस्तारबाटै उठेका थिएनन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा गणेशभक्त र तोलावतीका दोस्रो सन्तानका रुपमा जन्मिएका पद्मभक्त हाल काठमाडौँको लाजिम्पाटमा बस्दै आएका थिए ।
उनका श्रीमती र दुई छोरा छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार खरेलको बिहान पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको छ ।