arrow

इरानमा इजरायली आक्रमण: ट्रम्पद्वारा अमेरिकी संलग्नताबारे विचार, 'निःशर्त आत्मसमर्पण' को अडान कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
trump-26.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा इजरायली आक्रमण भइरहेका बेला अमेरिका प्रत्यक्ष रूपमा सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन्। उनले इरानसँग आफ्नो धैर्य 'समाप्त भइसकेको' भन्दै इस्लामिक गणतन्त्र इरानको 'निःशर्त आत्मसमर्पण' का लागि आफ्नो आह्वान दोहोर्‍याएका छन्।

ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानमा अमेरिकी हवाई आक्रमण गर्ने कि नगर्ने भन्नेबारे सोधिएको प्रश्नमा भने, "इरानमा प्रत्यक्ष संलग्न हुने वा नहुने के गर्ने भन्ने विषय केबल मलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन र हुँदैन।"

उनले इरानले धेरै पीडा भोगिसकेको र उनीहरू वार्ता गर्न चाहेको दाबी गरे।

ट्रम्पले इरानले इजरायलको हवाई आक्रमण अन्त्यका लागि तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न ह्वाइट हाउसमा अधिकारी पठाउन सुझाव दिएको तर अब 'धेरै ढिला भइसकेको' बताए। "मेरो विचारमा वार्ता गर्न धेरै ढिला भइसकेको छ। हामी छलफल गर्न सक्छौँ। अहिले र एक हप्ता अघिको बीचमा ठूलो भिन्नता छ। हैन? ठूलो भिन्नता छ," उनले भने।

इरानले ह्वाइट हाउसमा आउने सुझाव दिएको उल्लेख गर्दै ट्रम्पले भने, "तपाईंलाई थाहा छ यो साहसी कदम हुनेछ तर अहिले तिनीहरूलाई यसो गर्न सजिलो छैन।"

मङ्गलबार सामाजिक सञ्जालमा इरानको 'बिना शर्त आत्मसमर्पण' का लागि आग्रह गर्नुको अर्थबारे सोधिएको प्रश्नमा ट्रम्पले इरानसँग आफ्नो धैर्य समाप्त भएको बताएका थिए। "बिना शर्त आत्मसमर्पण उनीहरूका लागि धेरै सरल उपाय हो। यसको मतलब मैले उनीहरूलाई सहज तरिकाले वार्ताका लागि आग्रह गरेको हुँ। तर, अहिले म पर्खाइका लागि हार मानिसकेको छु, अब हामी इरान जान्छौँ र सबै ठाउँमा भएका आणविक सामग्रीहरू ध्वस्त पारिदिन्छौँं," ट्रम्पले भने।

यद्यपि, वार्ताका लागि धेरै ढिला भएको हो कि भनेर सोधिएको अर्को प्रश्नमा उनले "अझै केही गर्न सकिन्छ। बितिसकेको छैन। समयलाई बसमा लिन सकिन्छ," भन्दै पूर्ण रूपमा आशा नमरिसकेको सङ्केत दिएका छन्।

ट्रम्पका यी भनाइहरूले मध्यपूर्वमा थप तनाव र अमेरिकी नीतिका बारेमा अनिश्चितता बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ