arrow

अमेरिकी हतियार किन्ने विषयमा जेलेन्स्कीले ट्रम्पसँग छलफल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
trump-zelensky-2025.jpg

काठमाडौँ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् । 

युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानाडा जाने क्रममा भियनामा पत्रकारसँग भने, “हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने एउटा मुद्दा भनेको युक्रेनले खरिद गर्न तयार रहेको रक्षा प्याकेज हो।” 

तीन वर्षभन्दा बढी समयदेखि रुसी सेनाविरुद्ध आफ्नो देशको लडाईंको नेतृत्व गरिरहेका युक्रेनी राष्ट्रपतिले भने, “संयुक्त राज्य अमेरिकाको मद्दत बिना कसरी लड्न र बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ र चाहन्न पनि ।“

उनले भने, “मलाई लाग्छ, अमेरिका र युरोपबीचको गठबन्धन टुट्न नदिन हामी सबैले काम गर्नुपर्छ ।”
 
जेलेन्स्कीले जी–७ शिखर सम्मेलनलाई आफूले ’अत्यन्त महत्वपूर्ण’ अवसरका रूपमा हेरेको र त्यहाँ हामी सबैले ‘रुसी राष्ट्रपति भ्लादिमिर’ पुटिनलाई रोक्न कस्तो दबाब दिन सक्छौं ताकि उनले आक्रमण र युद्ध रोक्न बाध्य हुनुपरोस् ।” 

उनले भने, “हामी रोकिएको रुसी सम्पत्तिको युक्रेनी हितमा प्रयोगका बारेमा नेताहरूसँग छलफल गर्नेछौँ र प्रतिबन्धबारे पनि छलफल गर्नेछौँ ।”

यसअघि, नेता जेलेन्स्कीले अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनसँग भियनामा आफ्नो छोटो यात्राको क्रममा भेटवार्ता गरेका थिए । 

जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उन र बेलेनले युक्रेनको युद्धपछिको पुनर्निर्माणका बारेमा अस्ट्रियाको अन्तिम योगदानको बारेमा कुरा गरेका थिए । यसमा जसमा बारूदी सुरङ सफा गर्ने, ऊर्जा सहयोग र खाद्य सुरक्षाजस्ता बिषय समावेश छन् ।

अस्ट्रियाका राष्ट्रपतिले आफ्नो देश सैन्य रुपमा तटस्थ रहे पनि राजनीतिक रुपमा त्यस्तो नभएको बताए । 
 
युक्रेनमाथि आक्रमण गर्नुअघि अस्ट्रियाको रूससँग राम्रो सम्बन्ध थियो, तर यसको अझै पनि केही आर्थिक सम्बन्धहरू छन् तर ती सम्बन्धहरू विगत तीन वर्षमा उल्लेखनीय रूपमा बिग्रिएका छन् ।

अस्ट्रियाको अति दक्षिणपन्थी विपक्षी एफपीओई पार्टीले जेलेन्स्कीको भ्रमणको आलोचना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ