arrow

अबेइ मिसनबाट ६७ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
santi-sena-un.jpg

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन्।

यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न चौथो समूह रहनेगरी ७७ जना शान्ति सैनिक गत जेठ ३० गते त्यसतर्फ गएका थिए। हाल उक्त मिसनमा १०७ जना नेपाली शान्ति सैनिक कार्यरत रहेको राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ