arrow

आगलागी पीडितलाई राहत लिएर प्रजिअ पाण्डेयको टोली उनापानीमा 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ असार २ सोमबार
humla-sarkegad-fire-82-3-2-.jpg

हुम्ला । सर्केगाड गाउँपालिका-३ उनापानी गाउँका आगलागी पिडितका लागि राहत सामग्रीसहित जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोली सोमबार सदरमुकाम सिमकोटबाट घटनास्थल उनापानी गएको छ । 

आगलागी पीडितका लागि सिमकोट गाउँपालिकाले पचास हजार रुपैयाँ बराबरको आठ क्विन्टल (३२ बोरा) चामल नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाबाट ८ थान पाल, ८ थान म्याटेस र ८ थान कम्मल सहितको राहत सामग्री सोमबारसाँझसम्म पुग्ने बताइएको छ ।

एक स्थानीय तहले अर्को स्थानीय तहका नागरिक पीडित हुँदा थोरै भए पनि उनीहरुलाई सहयोग पुगोस् भनेर खाद्यान्न पठाएको हो । यतिबेला आगलागी पीडितलाई खाने गाँस र बस्ने बासको समस्या भएको हुँदा तत्कालका लागि खाद्यान्न सहयोग गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।

सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया नेतृत्वको पालिकाको टोली पनि राहत सामग्रीसहित दिउँसो नै घटनास्थलमा पुगेको छ ।

सर्केगाड गाउँपालिकाले पूर्ण नष्ट भएको घरपरिवारका लागि प्रति घर ५ बोरा चामल १ पेटी तेल ५ केजी चिनी ५ केजी दार र २५ हजार नगदका दरले राहत वितरण गरेको सर्केगाड गाउँपालिका ३ उनापानीका वडाध्यक्ष अकिल कार्कीले बताए । 

आगलागीबाट विर्ख रावत, धनबहादुर रावत, जनक रावत, बाटुल्ली फडेरा, अक फडेरा, आशा फडेरा, पाले फडेरा, लालकौरा फडेराको घर जलेर पूर्ण नष्ट भएको छ । 

सँगैका अन्य आसपासका १२ जनाका घरमा पनि आंशिक क्षति भएको छ । आगलागीबाट के कति भएको छ भन्नेबारे प्रहरीले मुचुल्का उठाइरहेकाले क्षतिको विवरण अझै आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ