arrow

भौतिक मन्त्रीले नेपालको भूगोल नबुझेको सांसद बजगाईंको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
rajendra-bajgai.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल नबुझेको मन्त्रीको आरोप लगाएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजगाईंले यस्तो बताएका हुन्। उनले आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रूपमा लिए पनि बजेटमा त्यस्तो नपाएको जिकिर गरे। उनले मन्त्री दाहाललाई देशको ज्ञान राम्रोसँग नभएको व्यक्तिका रूपमा पाएको आरोपसमेत लगाए।

सांसद बजगाईंले भने, "अवरोध कायम रहन्छ भन्ने सङ्केत पाएका छौँ। बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्यूको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन कि जस्तो लाग्यो।" उनले संसदको अवरोध कायम रहने जानकारी पाएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ