काठमाडौं । राजधानी काठमाडौँमा केही समयदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले काठमाडौंका अधिकांश स्थानमा वर्षा भइरहेको जनाएको छ।
मौसमविद्का अनुसार काठमाडौंमा ठूलो वर्षा भइरहेको छ। अझै एक दुई घण्टा वर्षा हुनेछ। पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय यस्तै ठूलो पानी पर्नेछ।
वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित बनेको छ। सडकहरू जलमग्न भएका छन् भने सवारी आवागमनमा समेत समस्या उत्पन्न भएको छ।
मौसमविद्हरूले मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी केही घण्टासम्म भारी वर्षा जारी रहने सम्भावना रहेको औंल्याएका छन्।