arrow

एयर इन्डिया विमान दुर्घटनामा एक जीवितै भेटिए – अहमदाबाद प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
air-india-crash-25-6-12-pp.jpg

काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना हुँदा विमानमा सवार अधिकांशको मृत्यु भएको दाबी गरिरहँदा अमहदाबाद प्रहरीले एक जना जीवितै फेला परेको जनाएको छ । 

भारतीय समाचार एजेन्सी एएनआईले अहमदाबाद प्रहरीलाई उधृत गर्दै एक जना जीवितै भेटिएको जनाएको हो । 

भारतीय मिडियाहरूको भनाइलाई मान्ने हो भने २४२ मध्ये २४० जनाको मृत्यु भएको छ । दुई जनाको जीवितै उद्दार भएको छ । 

एक जना भारतीय नागरिक रमेश विश्वास कुमार हुन् भने अर्का एक जना बेलायती नागरिक हुन् । 

बेलायती नागरिकलाई अस्पतालमा भर्ना गरिएको छ भने कुमार हिँडेको भिडियो सामुन्ने आएको छ । उनी विमानको ११ ए सिटमा बसेका थिए । 

उनका अनुसार जब विमान उड्यो त्यसको ३० सेकेन्डपछि नै जहाज जोडको आवाजसहित दुर्घटनामा पर्यो । उनलाई होश आउँदा वरिपरि शव नै शव थिए । उनले आफ्ना भाइ पनि सँगसँगै विमानमा चढेकाले भाइलाई खोजिदिन आग्रह गरिरहेका थिए । 
 

चालक दलका १२ सहित २४२ जना सवार अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान उडान भरेको दुई मिनेटमै दुर्घटनामा परेको थियो । जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र एक क्यानाडाका नागरिक थिए । मृतकको आधिकारिक संख्या अझै खुलेको छैन । 

उक्त विमान अहमदाबादको नागरिक अस्पतालको आवासीय चिकित्सक रहने भवनमा ठोक्किएको थियो । १५ डाक्टर घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ