arrow

तरुण दल अध्यक्षबाट विद्धानलाई हटाएर कारबाही गर्न असन्तुष्ट केन्द्रीय सदस्यहरूको माग [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
tarun-82-2-29tt.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई पदबाट हटाउन माग गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष असन्तुष्ट केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा पत्र बुझाएका छन् । 

उनीहरुले बिहीबार कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत अनुशासन समितिलाई पत्र बुझाएका हुन् । गुरुङले संगठनको विधि र पद्धति मिच्दै अनुशासनहीन कार्य गरेको भन्दै असन्तुष्ट समूहले तत्काल उनलाई पदमुक्त गर्न माग गरेको हो । 

तरुण दल केन्द्रीय सदस्यहरू रोजन राई, मनिष सिंजापति, मनोजकुमार कटुवाल, चन्द्रसुन्दर खेवाङ, सतेन्द्रसिंह ठकुरी, सिंहविक्रम पाण्डे, रोहित लामाले उक्त पत्र बुझाएका हुन् । 

उनीहरूले गुरुङलाई पदमुक्त गर्नुपर्ने भन्दै विभिन्न ६ ओटा आरोप लगाएका छन् । 

१ लोकप्रियताको लागि तरुण दलको नाम र लेटरप्याड दुरुपयोग गरि पार्टी र पार्टी सभापतिको बदनाम गराएको । सँगै हाम्रो पार्टीको मात्र नभएर सिंगो मुलुकले सर्वोच्च कमान्डरको रूपमा मानेका आदरणीय नेता स्व. गणेशमान सिंहसमेतलाई विवादमा ल्याएर बदनाम गराएको । 

२ तरुण दलमा गुट–उपगुट बनाई लम्जुङमा आफ्नै उपस्थितिमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गराउने घृणित र आपराधिक कार्य गरेको । 

३  समाजसेवी मैयाँदेवी श्रेष्ठले दिएको तरुण दलको कार्यालय भवन केन्द्रीय पदाधिकारीहरूलाई थाहा नदिई निजी सम्पत्ति झैँ गरि आफूखुशी भत्काएर तरुण दललाई कार्यालयविहीन बनाएको । 

४ तीन वर्षसम्म महाधिवेशन गर्ने बाटोमा नलागी संगठनलाई व्यक्तिगत प्रचारमा दुरुपयोग गरेको । तरुण दलका हाम्रा आदर्श र अग्रजहरू बालकृष्ण खाँड, विनोद कायस्थ, महादेव गुरुङ, महेन्द्र यादव र उदय शमशेर राणाहरूले पनि हिम्मत नगरेको व्यक्ति प्रचार, बीपी, गणेशमान, किशुनजी, गिरिजाबाबु भनेको मनै हुँ भने झैँ गरी पार्टीको भ्रातृ संगठनहरूको महाधिवेशनमा पार्टी सभापतिको तस्बिर राख्ने परम्परालाई तोडेर पाँचौ महाधिवेशनको नाममा आफ्नो फोटो र ब्यानर बनाई सामाजिक सञ्जालमा प्रचार गराई तरुण दललाई व्यक्ति पुजक बनाउने प्रयास गरेको । 

५ पार्टीको नेता तथा पदाधिकारीहरूसँग भेट्न जाँदा कार्यकर्ताको भेषमा जासुस लिएर हिँड्ने गरेको, नेताहरूको फोटो भिडियो संवाद रेकर्ड गरेर बार्गेनिङ गर्ने घृणित कार्य गरेको (जसको प्रमाण दीपेन्द्र पोखरेल भन्ने व्यक्तिले फेसबुकमै पार्टीको उपसभापति, महामन्त्री र अन्य पदाधिकारीहरूसँगको छलफलको प्रमाण मसँग छ भनेर लेखेको धम्कीपूर्ण लेख पेस गरिएको छ) । 

६ भूकम्पको समयमा उठाएको रकम हिनामिना गरेको, अनाधिकृत रूपमा पैसा उठाएर केन्द्रीय समितिलाई जानकारी नदिएको ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ